फेरी घट्यो शेयर बजार सुचक नेप्से
Author
NEPSE trading
नेपाल स्टक एक्सचेञ्जमा आजको कारोबारमा दोहोरो अंकको गिरावट भएको छ। नेप्से आज १०.८३ अंकले घटेर दुई हजार ३० दशमलव ८६ विन्दुमा बन्द भएको हो। आज नेप्सेमा कुल २ अर्ब २३ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यसमध्ये ५१ कम्पनीको शेयरमूल्य बढेको छ भने १८८ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ।
नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ। उनीहरू हुन् सर्वोत्तम सिमेन्ट लिमिटेड र हिमालयन ८०–२०। यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ।
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ। यस कम्पनीको शेयरमूल्य आज ५.६६ प्रतिशतले घटेको छ। सबैभन्दा बढी कारोबार शिभम् सिमेन्ट लिमिटेडको हो। आज यस कम्पनीको ९ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।