हिमालयन बैंकको १५ लाख ५१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Author
NEPSE trading
हिमालयन बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको १५ लाख ५१ हजार २५ कित्ता सेयर बिक्री गर्न लागेका छन्। बैंकका ७ जना संस्थापकहरूले यी सेयर बिक्री गर्न लागेका हुन्। यसमा हिमालयन बैंककै अन्य संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्।
सेयर खरिद गर्न इच्छुक संस्थापकहरूले आज जेठ १७ गतेदेखि ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिनु पर्नेछ। आवेदनमा के कति सेयर खरिद गर्न चाहन्छन् भन्ने जानकारी खुलाउनु पर्नेछ। सेयरहरूको बिक्री मूल्य बिक्रेताहरू अनुसार फरकफरक हुने भएकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्नेछ।
यदि यो अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा, सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ। यसले बैंकका सेयरहरूको बजार मूल्यमा असर पर्ने सम्भावना रहेको छ।