बैंकको ३८औं वार्षिक सभा: नेतृत्व परिवर्तनसँगै वित्तीय सफलता
Author
Nepse trading

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०८०/८१ को ३८औं वार्षिक साधारण सभा फागुन १५ गते सम्पन्न गरेको छ। सभापछि भएको निर्वाचनमा संस्थापक समूहबाट पृथ्वी बहादुर पाँडे, दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी र मदन कुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूहबाट कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे चुनिएका छन्। बैंकले उक्त वर्ष ४ अर्ब ११ करोड रुपैयाँ खुद मुनाफा कमायो। कुल निक्षेप ४६ अर्ब ५८ करोडले बढेर ४ खर्ब ७ अर्ब र कुल कर्जा ६ अर्ब १० करोडले बढेर ३ खर्ब १८ अर्ब पुगेको छ। हाल ३४ अर्ब १३ करोड चुक्ता पुँजीसहित २७२ शाखा र ३२ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।