·
बीआईएसको ( ब्यूरो अफ इन्डीयन स्टान्डर्ड ) अवरोधले सिमेन्ट निर्यातमा समस्या
Author
Nepse trading

नेपालबाट सिमेन्ट निर्यात चालु आर्थिक वर्ष २०८१/०८२ को माघसम्म गत वर्षको तुलनामा २०.३७% ले घटेको छ। भन्सार विभागका अनुसार यो अवधिमा १ अर्ब ६४ करोडको ११ लाख ५३ हजार टन सिमेन्ट निर्यात भएको छ, जबकि गत वर्ष २ अर्ब ६ करोडको २१ लाख ४७ हजार टन थियो। भारतमा निर्यात हुने सिमेन्ट र क्लिंकरमा भारतको ब्यूरो अफ इन्डियन स्टान्डर्ड (बीआईएस)ले गुणस्तर प्रमाणपत्र रोकेपछि निर्यात प्रभावित भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारूले बताए। उनले नेपाली सिमेन्टको गुणस्तर कमसल नभएको, तर भारतले प्रमाणपत्र प्रक्रिया रोकेको जनाए। यो अवधिमा १५ करोडको सिमेन्ट र क्लिंकर भारतबाट आयात भएको छ।