·

बोटलर्स नेपाल (कोका–कोला) मा स्वतन्त्र सञ्चालकको रुपमा सिद्धान्त राज पाण्डेको नियुक्ति

Author

NEPSE TRADING

बोटलर्स नेपाल (कोका–कोला) मा स्वतन्त्र सञ्चालकको रुपमा सिद्धान्त राज पाण्डेको नियुक्ति

बोटलर्स नेपाल लिमिटेड (Coca-Cola Bottlers Nepal Ltd.) ले कम्पनीमा नयाँ स्वतन्त्र सञ्चालकको रूपमा श्री सिद्धान्त राज पाण्डेलाई नियुक्त गरेको छ। कम्पनीले अक्टोबर ८, २०२५ (२०८२ असोज २२ गते) बसेको सञ्चालक समितिको बैठकले पाण्डेको नियुक्ति गर्ने निर्णय गरेको हो।

कम्पनी सचिव विश्व प्रकाश पौडेलद्वारा हस्ताक्षरित सूचनाअनुसार, पाण्डेको कार्यकाल सन् २०२६ जनवरी १ तारिखदेखि लागू हुने जनाएको छ। उनी कम्पनीका पूर्व स्वतन्त्र सञ्चालक किशोर कुमार महर्जनको स्थानमा नियुक्त भएका हुन्।

यो नियुक्ति सिक्युरिटीज दर्ता तथा निर्गम नियमावली, २०७३ को नियम २६(५) र सिक्युरिटीज सूचीकरण उपनियम, २०७५ को नियम २२(१)(झ) बमोजिम गरिएको हो। कम्पनीले सो जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज (नेप्से), र CDS एण्ड क्लियरिङ लिमिटेडलाई औपचारिक रूपमा पठाएको छ।

कम्पनीका अनुसार, पाण्डेको आगमनले कम्पनीको सुशासन, पारदर्शिता र रणनीतिक निर्णयमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

Related News