·
नेपाल इन्स्योरेन्सको अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त
Author
NEPSE trading

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा चन्द्र सिंह साउद नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको जेठ १२ गते बसेको बैठकले साउदलाई चार वर्षको कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो।
साउद यसअघि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत भइसकेका अनुभवी व्यक्ति हुन्।
उद्योग, वित्तीय क्षेत्र र पुँजी बजारमा लामो अनुभव बटुलेका साउदको नेतृत्वमा नेपाल इन्स्योरेन्सले अझ प्रभावकारी सेवा र व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।