·

अर्थमन्त्री विष्णु पौडेलद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

Author

NEPSE trading

अर्थमन्त्री विष्णु पौडेलद्वारा राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे ब्रिफिङ गरेका छन्।

मंगलबार बिहान राष्ट्रपति भवन शीतल निवासमा पुगेर मन्त्री पौडेलले राष्ट्रपति पौडेललाई बजेटको प्रारम्भिक खाका, नीति र कार्यक्रमका बारेमा जानकारी गराएका हुन्।

संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी बिहीबार, जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ।

राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटवार्तामा बजेटको प्राथमिकता, समग्र आर्थिक लक्ष्य र सरकारको आगामी रणनीतिक योजनाको सन्दर्भमा छलफल भएको थियो।

Related News