शेयर बजारमा दोहोरिने किसिमका जिज्ञासा
Author
NEPSE trading
सामान्य प्रश्नहरू (FAQ)
TMS मा रजिस्ट्रेशन प्रक्रिया पूरा भएपछि ईमेल प्राप्त भएन भने के गर्ने?
यदि ब्रोकरले तपाईंको खाता खोलेको छ भने, TMS मा तपाईंको सहि ईमेल प्रविष्टि छ / छैन ब्रोकर मार्फत यकिन गर्नुहोस्।
यदि तपाईं आफैं अनलाइन रजिस्ट्रेशन गर्न चाहनुहुन्छ र ईमेल आएन भने ब्रोकरसँग सम्पर्क गरेर आवश्यक सल्लाह लिनुहोस्।
TMS मा रजिस्ट्रेशन गर्दा "डुप्लिकेट बीओआइड" त्रुटि आएमा के गर्ने?
आफूले खाता खोल्न चाहनुभएको ब्रोकरलाई तल दिइएका विवरणहरू राखी ईमेल गर्नुहोस्:
बीओआइड / डिम्याट नम्बर
क्लाइंट कोड
TMS मा नागरिकता नम्बर, जारी मिति, वा जारी ठेगाना नमिलेमा "डुप्लिकेट नागरिकता" त्रुटि आएमा के गर्ने?
ब्रोकरलाई तल दिइएका विवरणहरू राखी ईमेल गर्नुहोस्:
बीओआइड / डिम्याट नम्बर
क्लाइंट कोड
सहि नागरिकता नम्बर
सहि नागरिकता जारी स्थान
सहि नागरिकता जारी मिति (ईएडी)
सपोर्टमा सम्पर्क गर्दा के के विवरण चाहिन्छ?
बीओआइड / डिम्याट नम्बर
क्लाइंट कोड
ब्रोकरको नाम / ब्रोकर नम्बर
नेप्सेलले विभिन्न शाखाहरूमार्फत सरोकारवालाको गुनासो समाधान गर्दै आएको छ। निम्नलिखित विषयका लागि तलका नम्बर र ईमेलमार्फत संपर्क गर्न सकिन्छ:
टिएमएस सपोर्ट (TMS Support): Ext: 118, 145
हेल्प डेस्क: Ext: 0
ब्रोकरसंग सम्बन्धित विषयहरू (Broker Related Issues): Ext: 108, 142, E-Mail: surveillance@nepalstock.com
संस्थापक शेयर तथा ओटीसी बजार सम्बन्धित कारोबार (Primary Share and OTC Market Related Affairs): Ext: 107
सूचीबद्ध कम्पनीहरूको लग-इन र सूचना अपलोड सम्बन्धि विषयहरू (Listed Companies' Login and Information Upload Matters): Ext: 136, 137, E-Mail: listing@nepalstock.com
अन्य सूचना, तथ्यांक र जानकारी सामग्रीको लागि (For Other Information, Data, and Informational Material): Ext: 123, E-Mail: research@nepalstock.com.np
वेबसाइट र मोबाइल एप सम्बन्धित विषयहरू (For Website and Mobile App Related Issues): Ext: 144, 120, 126, 134, 135, E-Mail: support@nepalstock.com