आज सुनको मूल्यमा ह्वात्तै वृद्धि, तोलाको ४ हजार ९ सय रुपैयाँले बढ्यो
Author
NEPSE TRADING

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा ह्वात्तै वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ९ सय रुपैयाँले वृद्धि भएको हो।
हिजो सोमबार प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १०५ रुपैयाँले बढेर ३ हजार १७० रुपैयाँ पुगेको छ। हिजो सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ मात्र थियो।
सुन र चाँदी दुबैको मूल्यमा आएको यस्तो उल्लेख्य वृद्धि पछिल्ला केही दिनयताको स्थिर अवस्थापछि आएको हो। व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको बताएका छन्।



