·

पाँच लाख भूमिहीन र सुकुमबासीलाई भूमि वितरण गर्ने सरकारको घोषणा

Author

NEPSE trading

पाँच लाख भूमिहीन र सुकुमबासीलाई भूमि वितरण गर्ने सरकारको घोषणा

सरकारले पाँच लाख भुमिहीन तथा सुकुमबासी परिवारलाई भूमि प्रदान गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस कार्यक्रमको घोषणा गरेका हुन्।

सरकारले भूमिहीन नागरिकलाई सामाजिक न्याय र आर्थिक सशक्तीकरणमा जोड दिने उद्देश्यले यो कार्यक्रम अघि सारेको हो। बजेट वक्तव्यमा भनिएको छ, “पाँच लाख भुमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबास गर्ने व्यक्तिहरूलाई जग्गा वितरण गरिनेछ।

यस कार्यक्रम अन्तर्गत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयोजनमा आवश्यक प्रक्रिया अगाडि बढाइनेछ। बजेटमा यसका लागि आवश्यक बजेट विनियोजनसमेत गरिएको छ।

यो योजनाले सुकुमबासी र भूमिहीनहरूलाई स्थायी आवासको आधार प्रदान गर्नुका साथै सामाजिक समावेशिता र जीवनस्तर सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ।

Related News