·

‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन हुने, स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धनमा जोड

Author

NEPSE trading

‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन हुने, स्वदेशी उत्पादन र उद्योग प्रवर्द्धनमा जोड

सरकारले ‘मेक इन नेपाल, मेड इन नेपाल’ अभियान सञ्चालन गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वदेशी उत्पादन, नेपाली उद्योग र आत्मनिर्भर अर्थतन्त्र प्रवर्द्धन गर्न निजी क्षेत्रसँगको सहकार्यमा यो अभियान अघि बढाइने जानकारी दिएका हुन्।

बजेट वक्तव्यमा अर्थमन्त्री पौडेलले “देशमै उत्पादन, देशमै रोजगारी” को अवधारणा कार्यान्वयन गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिने स्पष्ट पारेका छन्।

सरकारले यस अभियानमार्फत स्थानीय उद्योगको उत्पादन क्षमता वृद्धि, नेपाली ब्रान्डको सशक्तिकरण, र स्वदेशी उत्पादनप्रति आम उपभोक्ताको आकर्षण बढाउने लक्ष्य राखेको छ।

Related News