स्टार्टअप व्यवसायलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा, ७३ करोड बजेट विनियोजन
Author
NEPSE trading

सरकारले स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस योजनाको घोषणा गरेका हुन्।
उनका अनुसार, स्टार्टअप उद्यमहरूको प्रवर्द्धनका लागि सरकारले ७३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त कर्जा नवप्रवर्तन (innovation) मा आधारित व्यवसायका लागि हुनेछ।
अर्थमन्त्री पौडेलले जेन-जी पुस्तालाई लक्षित गर्दै, नयाँ सोच र प्रविधिमा आधारित स्टार्टअपहरूलाई प्राथमिकता दिने स्पष्ट पारे। यो कार्यक्रमबाट युवाहरूलाई स्वरोजगारको अवसर सृजना गर्नुका साथै आर्थिक रूपान्तरणमा योगदान पुग्ने विश्वास गरिएको छ।