·

लगानी बोर्डमार्फत ७ खर्ब बराबरको परियोजना विकास सम्झौता, ४ खर्बको आयोजना निर्माण सुरु गरिने

Author

NEPSE trading

लगानी बोर्डमार्फत ७ खर्ब बराबरको परियोजना विकास सम्झौता, ४ खर्बको आयोजना निर्माण सुरु गरिने

काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा लगानी बोर्डमार्फत निजी क्षेत्रसँग ७ खर्ब रुपैयाँ बराबरको परियोजना विकास सम्झौता गर्ने घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसै वर्षभित्र ४ खर्ब रुपैयाँ बराबरको आयोजना निर्माणको काम सुरु गरिने जानकारी दिएका हुन्।

यसका लागि सरकारले लगानी बोर्डलाई ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

सरकारको भनाइमा, निजी क्षेत्रको सहभागिता, ठूला पूर्वाधार परियोजनामा लगानीको आकर्षण, र रोजगारी सृजनाको अवसर विस्तार गर्न यस कदमले महत्वपूर्ण भूमिका खेल्नेछ।

बजेटमा सार्वजनिक–निजी साझेदारी (PPP) मोडेललाई प्रभावकारी बनाउने र लगानीमैत्री वातावरण विकास गर्ने नीतिहरूलाई प्राथमिकता दिइएको छ।

Related News