·

लगानी बोर्डमार्फत ७ खर्ब रुपैयाँ बराबरको परियोजना विकास सम्झौता हुने, ४ खर्बको आयोजना निर्माण सुरु हुने

Author

NEPSE trading

लगानी बोर्डमार्फत ७ खर्ब रुपैयाँ बराबरको परियोजना विकास सम्झौता हुने, ४ खर्बको आयोजना निर्माण सुरु हुने

काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा लगानी बोर्डमार्फत निजी क्षेत्रसँग ७ खर्ब रुपैयाँ बराबरको परियोजना विकास सम्झौता गर्ने घोषणा गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो जानकारी दिएका हुन्। उनले यसै आर्थिक वर्षभित्र ४ खर्ब रुपैयाँ बराबरको आयोजनाको निर्माण कार्य थालनी हुने पनि स्पष्ट पारे।

सरकारले लगानी प्रवर्द्धन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै लगानी बोर्डका लागि ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यस कदमले निजी क्षेत्रको सहभागिता बढाउने, ठूला परियोजनामा लगानी आकर्षित गर्ने, र रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ।

अर्थमन्त्री पौडेलले सार्वजनिक-निजी साझेदारी (PPP) मोडेललाई थप प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

Related News