·

हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख ९० हजार कित्ता सेयर बजारमा ल्याउने

Author

NEPSE trading

हिम स्टार ऊर्जा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति, ११ लाख ९० हजार कित्ता सेयर बजारमा ल्याउने

नेपाल धितोपत्र बोर्डले हिम स्टार ऊर्जा कम्पनी लिमिटेडलाई प्राथमिक सेयर (IPO) निष्कासनको अनुमति दिएको छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल र धितोपत्र बोर्डबीच देखिएको स्वीकृति विवादपछि स्वीकृति पाउने पहिलो कम्पनीको रूपमा हिम स्टार अगाडि आएको हो।

बोर्डले कम्पनीलाई ३७ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजीको ३० प्रतिशत बराबर हुने ११ करोड ९० लाख रुपैयाँको सेयर सार्वजनिक गर्न स्वीकृति दिएको हो। यसअनुसार, कम्पनीले ११ लाख ९० हजार कित्ता साधारण सेयर आम जनताका लागि निष्काशन गर्नेछ।

एनआईसी एशिया क्यापिटल कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। कम्पनीले निकट भविष्यमा शेयर निष्काशनको मिति र आवेदन प्रक्रिया सार्वजनिक गर्नेछ।

Related News