नेपाली शेयर बजारका बादसाह निर्मल प्रधानसँग कसरी भयो यती धेरै शेयर ?
Author
Dipesh Ghimire
नेपाली शेयर बजारका बादसाह, अर्थात निर्मल प्रधान । २०११ सालमा तनहुँमा जन्म भएका प्रधान नेपालका ठुला लगानीकर्ताका नामले परिचित छन् । कक्षा ७ सम्म तनहुँ मै अध्यायन गरेका प्रधानले कक्षा १२ सम्म चितवन र उच्च शिक्षा काठमाडौंबाट पूरा गरेका हुन । विद्यार्थी जिवनमा राजनीतिमा होमिएका प्रधानले चलचित्र क्षेत्रमा समेत लगानी गरेका छन् । ५ सय कित्ता शेयर खरिद गरेर २०५६ सालमा नेपालको शेयर बजारमा प्रवेश गरेका प्रधान हाल करोडौ कित्ता शेयरका मालीक छन् । उनै प्रधानसँग पत्रकार दिपेश घिमिरेले योहो टेलिभिजनका लागी कुराकानी गरेका थिए । त्यसकै आधारका उनको भनाइ आज हामिले यहाँ प्रस्तुत गरेका छौ ।।
म आफैमा शेयर बजारको बादसाह हैन, महिले आफैले मलाई शेयर बजारको बादसाह भन्नु भनेर पुकार पनि गरेको हैन । ५५—५६ साल तिर मलाई शेयर बजारमा लगानी गर्नु पर्छ भन्ने लाग्यो । त्यस पछि शेयर बजारमा मेरो प्रवेश भयो । जुन प्रवेश मेरालागी विशेष थियो । म एनआइसी बैंकको आइपीओबाट शेरयबजारमा प्रवेश गरेको हुँ । जुन आइपीओ महिले परिवारको नाममा १—१ लाखको भरेको थिए । ७ जनामा भरेको आइपीओ मेरो माहिलो छोरा र मेरी श्रीमतीको नाममा २५० कित्ताका दरले परेको थियो । त्यो वेला बुलीस ट्रेण्ड चलीरहको रैछ । तर मलाई बुलीस माकेर्टक हो भनेर थाहा नै थिएन । त्यो आइपीओ ४०० को आसपासमा दोस्रो बजारमा खुलेको थियो । अनि म दंग परे । ओहो २ महिना अघि १०० रुपैयामा किनेको शेयर ४०० सय । म छक्क परेको थिए । बसेर केहि दुःख नभइ यति धेरै फाइदा हुदाँ मलाई त्यतीवेला नै लागेको थियो कि लगानी गर्ने मार्केत शेयर बजार पो रैछ । म अझै दंग परेको थिए ।
५५—५६ सालमा म सँग धेरै त पैसा थिएन त्यहि ४—५ करोड रुपैयाँ थियो होला । एनआइसीको नाफाबाट प्रभावित भएको म त्यो सबै पैसा शेयर बजारमा हाल्न पुगे । सवै रकमको शेयर किनेको त्यहि करिव ४५ दिनमा बजारमा भिषण गिरावट आयो । बजारमा भिषण गिरावट आउने बेलामा म बजारमा प्रवेश गरेको थाहा पाए । मलाई त्यतिवेला शेयर कसरी किन्ने र कसरी बेच्ने भन्ने पनि थाहा थिएन । म त्यतिवेला ४५ वर्षको थिए । ४५ वर्षको उमेरमा महिले जिन्दगीमा कमाएको जती सवै नगद गुमाए । त्यतीवेला मलाई ठुलो चोट परेको थियो । नजानी नजारी बजारमा प्रवेश गरेकोमा मलाई ठुलो पछुतो समेत लागेको थियो । त्यस पछि यहि क्षेत्रबाट महिले यति धेरै गुमाए भने म यहि क्षेत्रबाट कमाउन पनि सक्छु भन्ने महिले अठोट गरे । गुमाएको पैसा कमाउछु भनेर मेरो अठोट नै शेयर बजारको ट्रनिङ पइन्ट बन्यो ।
मेरो गुमाएको पैसा फिर्ता ल्याउन कुन बैंक किन्ने भनेर महिले धेरै नै अध्यायन गरेको थियो । त्यस पछि मैले आफै छनोट गरेको कम्पनी थियो एभरेष्ट बैंक । एभरेष्ट बैंकको शेयर त्यतिवेला ३२५ सम्म झरेको थियो । त्यतीवेला मेरो अठोट भनेको एभरेष्ट बैंकको शेयर १० लाख कित्ता किन्ने थियो । त्यस पछि महिले ऋण लिन सुरु गरे । महिले शेयर बजारबाट करोडौ गुमाउन पुगे पनि म पुरानो बन्दीपुरे धनाड्य परिवारको मान्छे थिए । त्यहि भएर जग्गा काठमाडौं र चितवन मा अत्याधिक नै थियो । त्यस पछि महिले जग्गा धितो राखेर शेयर लोन लिन थाले । त्यतिवेला महिले ३०० करोड सम्म शेयर लोन लिए । त्यो निर्मल प्रधानले मात्र त्यतिवेला लिएको थियो । त्यसको कागजपत्र अहिले पनि म सँग छ । त्यतिवेला महिले नेपालमा भएका सबै बैंकबाट लोन लिएको थिए । मलाई बैकले बोलाएर लोन दिने गरेका थिए । त्यो बेला ९० प्रतिशत सम्म बैंकले लोन दिने गरेका थिए । त्यतीवेला शेयर किनेर, शेयर राखेर लोन लीनु पर्दैन थियो । लोन लिएर चाहि शेयर किन्ने व्यावस्था थियो ।
त्यतिवेला महिले एभरेष्ट बैंक ३२५ किनेको थिए, त्यस्तै ४६० मा चाटर्ड बैंक किनेको थिए ।
३२५ मा किनेको एभरेष्ट बैंक ३६०० पुग्यो, ४६० मा किनेको चाटर्ड ९००० पुग्यो, ४६५ मा किनेको नविल ७००० पुग्यो, ४३० मा किनेको बंगलादेश बैंक ३६०० पुग्यो । त्यस्तै त्यस्तै धेरै कम्पनीले नाफा दिए । त्यसैगरी महिले अक्सनमा बुटवल पावरको ३ लाख कित्ता शेयर १३५ मा लिएको थिए, त्यो स्टक २२ सय सम्म पुग्यो । जती शेयर किने सबै दर्जनौ गुणा बढे । अनी मेरो १६ अर्बको पोटफोलीयो भयो ।
दोस्रो पार्टको प्रतिक्षा गर्नुहोला.........