·

७ महिनामा बीमा कम्पनीको १ खर्ब आम्दानी: ५ ठूलाको शानदार प्रदर्शन!

Author

Nepse trading

७ महिनामा बीमा कम्पनीको १ खर्ब आम्दानी: ५ ठूलाको शानदार प्रदर्शन!

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा नेपालका जीवन बीमा कम्पनीहरूले करिब १ खर्ब रुपैयाँको व्यापार गर्न सफल भएका छन्। १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनीले संयुक्त रूपमा ९६ अर्ब १ करोड १८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन्। यीमध्ये शीर्ष ५ कम्पनीहरूमा नेपाल लाइफ इन्स्योरेन्सले २६ अर्ब ५४ लाख रुपैयाँ संकलन गरी पहिलो स्थान कायम गरेको छ भने नेसनल लाइफ इन्स्योरेन्सले ११ अर्ब २३ करोड रुपैयाँसहित दोस्रो स्थान हासिल गरेको छ। त्यस्तै, लाइफ इन्स्योरेन्स (एलआईसी नेपाल) ले ११ अर्ब १७ करोड, हिमालयन लाइफ इन्स्योरेन्सले ९ अर्ब ९० करोड र सूर्य ज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ९५ करोड रुपैयाँ प्रिमियम संकलन गरी क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन्।

यी शीर्ष कम्पनीहरूले नयाँ व्यवसाय विस्तारमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। नेपाल लाइफले ४ अर्ब ५९ करोड १३ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरी पहिलो स्थान कायम गरेको छ भने नेसनल लाइफले २ अर्ब ७३ करोड ७३ लाख रुपैयाँसहित दोस्रो स्थानमा छ। एलआईसी नेपाल, हिमालयन लाइफ र सूर्य ज्योतिले क्रमशः १ अर्ब ५४ करोड ५४ लाख, १ अर्ब ३८ करोड ७ लाख र १ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन्। गत वर्षको तुलनामा यो वर्ष प्रथम बीमाशुल्क आर्जन १४.४० प्रतिशतले बढेको तथ्यांकले नेपालको बीमा क्षेत्रमा उल्लेखनीय प्रगति भएको संकेत गरेको छ।

Related News