·

कुमारी बैंकको साधारणसभा आज : शेयरधनीका लागि निराशा

Author

Nepse trading

कुमारी बैंकको साधारणसभा आज : शेयरधनीका लागि निराशा

कुमारी बैंक लिमिटेडले आज (फागुन २) आफ्नो चौबिसौं वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभा टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सुरु हुनेछ। सभामा बैंकको वार्षिक प्रतिवेदन, वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छन्। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय पारित गरेको थियो।

सभाले बैंकको सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्यूरिटिज लिमिटेडको वित्तीय विवरण पनि पारित गर्नेछ। साथै, डिजिटल बैंकिङ, ग्राहक सेवा विस्तार र वित्तीय स्थिरताका योजनाहरूमा छलफल हुनेछ। साधारणसभामा सहभागिता जनाउन शेयरधनीहरूले माघ १० सम्म शेयर स्वामित्व प्रमाणित गर्नुपर्थ्यो। बैंकले माघ ११ मा बुक क्लोज गरेको थियो। बैंकले आगामी वर्ष व्यवसाय विस्तार गर्दै नेपाली बैंकिङ क्षेत्रमा अग्रणी भूमिका खेल्ने संकेत दिएको छ।

Related News