·
नेपाल फाइनान्सको संस्थापक सेयर लिलामी भर्ने अन्तिम दिन आज
Author
Nepse trading

नेपाल फाइनान्स लिमिटेड को १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो। इच्छुक व्यक्तिहरू, कम्पनी तथा संघसंस्थाले आज कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ। न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदकहरूले १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। यस लिलामीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले तोकिएको समयभित्र आवेदन दिइसक्नुपर्नेछ।