·

सान्भि इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरको लक–इन अवधि समाप्त

Author

NEPSE TRADING

सान्भि इनर्जी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयरको लक–इन अवधि समाप्त

सान्भि इनर्जी लिमिटेडले आफ्नो सार्वजनिक निष्काशनमार्फत सामूहिक लगानी कोषहरूलाई वितरण गरिएको शेयरको लक–इन (Lock–In) अवधि समाप्त भएको जानकारी सार्वजनिक गरेको छ।

नेपाल धितोपत्र बोर्डबाट प्राप्त निर्देशनअनुसार कम्पनीले गत २०८२ साल जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरी २०८२ जेठ २६ गते बाँडफाँट गरेको थियो।

उक्त निष्काशनअन्तर्गत कुल ३७ लाख ९० हजार कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई जारी पूँजीको १० प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता शेयर वितरण गरिएको थियो। बाँकी २९ लाख १० हजार कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ४५ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरूलाई जारी गरी बाँडफाँट गरिएको थियो।

कम्पनीले जानकारी दिएअनुसार सो शेयरको लक–इन अवधि छ महिनापछि, अर्थात २०८२ मंसिर २५ गते (२०२५ डिसेम्बर ११) मा समाप्त हुनेछ।

यस सम्बन्धी जानकारीका लागि कम्पनीले नियामक निकायहरू, शेयरधनीहरू तथा सरोकारवालाहरूलाई सूचित गर्न सूचना सार्वजनिक गरेको हो।

उक्त शेयरको रजिष्ट्रारको रूपमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड कार्यरत रहेको छ।

Related News