·

नेपाल बैंक र दराजबीच अनलाइन खरिदमा छुट दिने सम्झौता

Author

NEPSE TRADING

नेपाल बैंक र दराजबीच अनलाइन खरिदमा छुट दिने सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र दराज नेपालबीच अनलाइन पोर्टलमार्फत सामान खरिद गर्दा बैंकका ग्राहकहरूलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार, २०७२ साल कार्तिक २५ गतेदेखि मंसिर ६ गतेसम्म यो अफर लागू रहनेछ। सम्झौतापत्रमा नेपाल बैंकका तर्फबाट निम्मित्त सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र दराजका तर्फबाट प्रोजेक्ट लिड (डिजिटल पेमेन्ट तथा फाइनान्स सर्भिसेस) रिशव थापाले हस्ताक्षर गरेका हुन्।

बैंकले ग्राहक सेवामा नवीनता र डिजिटल संलग्नता बढाउने लक्ष्यका साथ ई–कमर्स प्लेटफर्महरूसँग सहकार्यलाई निरन्तरता दिइरहेको जनाएको छ। यस सहकार्यमार्फत बैंकका ग्राहकहरूले दराजमा सामान खरिद गर्दा विभिन्न छुट पाउनेछन्।

सम्झौताअनुसार, नेपाल बैंकमा खाता रहेका ग्राहकहरूले डेबिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम १५ प्रतिशत वा १,५०० रुपैयाँसम्म र क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा २,००० रुपैयाँसम्म छुट पाउनेछन्।

नेपाल बैंकले यस सहकार्यले डिजिटल पेमेन्ट प्रणालीको उपयोग बढाउने, ग्राहकहरूलाई अनलाइन किनमेलमा सहजता पुर्‍याउने र वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।

Related News