·

नेपाल फाइनान्स लिमिटेडले १० लाख बढी संस्थापक शेयर बिक्रीमा राख्यो, असार १ गतेसम्म गोप्य बोलपत्रमार्फत आवेदन खुला

Author

NEPSE trading

नेपाल फाइनान्स लिमिटेडले १० लाख बढी संस्थापक शेयर बिक्रीमा राख्यो, असार १ गतेसम्म गोप्य बोलपत्रमार्फत आवेदन खुला

नेपाल फाइनान्स लिमिटेडले १० लाख ९० हजार ३७१.१८७ कित्ता संस्थापक समूहका शेयरहरू बिक्रीमा ल्याएको छ। कम्पनीले यो अवितरित संस्थापक शेयर सर्वसाधारण व्यक्ति तथा संघसंस्थालाई खरीद गर्न खुला गरेको हो।

कम्पनीले उक्त शेयरको प्रति कित्ता न्यूनतम मूल्य १०० रुपैयाँ तोकेको छ। इच्छुक खरिदकर्ताहरूले आफू कुन दरमा कति कित्ता शेयर खरीद गर्न चाहन्छन् भन्ने विवरणसहित गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र आजदेखि असार १ गतेभित्र कम्पनीमा बुझाइसक्नुपर्नेछ। आवेदन गर्दा न्यूनतम १,००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता सम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

यस प्रक्रियाबाट संस्थापक शेयर सर्वसाधारणको स्वामित्वमा जाने भएकाले कम्पनीको स्वामित्व संरचनामा समेत परिवर्तन हुने देखिएको छ।

थप विवरण तथा बोलपत्र फारम नेपाल फाइनान्स लिमिटेडको कार्यालय वा आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ।

Related News