·

नेपाल राष्ट्र बैंकको प्रतिवेदन: मुद्रास्फीति ४.७१ प्रतिशत, आयात र विप्रेषण प्रवाहमा वृद्धि

Author

NEPSE trading

नेपाल राष्ट्र बैंकको प्रतिवेदन: मुद्रास्फीति ४.७१ प्रतिशत, आयात र विप्रेषण प्रवाहमा वृद्धि

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार वार्षिक उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति ४.७१ प्रतिशत कायम रहेको छ।

राष्ट्र बैंकका तथ्यांकअनुसार आयात ७.१ प्रतिशतले वृद्धि हुँदा निर्यातमा २.९ प्रतिशतको वृद्धि देखिएको छ। विप्रेषण प्रवाहमा पनि ११.१ प्रतिशतले वृद्धि भएको छ, जसले मुलुकको भुक्तानी सन्तुलन सुधार गरेको देखिन्छ।

शोधनान्तर स्थिति १३९ अर्ब २१ करोड नाफामा रहेको छ भने कुल वैदेशिक विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भएको छ। तर, नेपाल सरकारले ६६.१७ अर्ब रुपैयाँ राजस्व घाटा बेहोरेको छ।

बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन ७.१ प्रतिशत र कर्जा प्रवाह ६.५ प्रतिशतले वृद्धि भएको छ। विस्तृत मुद्रआपूर्ति ९ प्रतिशतले वृद्धि हुँदा वित्तीय स्थायित्व कायम रहेको राष्ट्र बैंकको विश्लेषण छ।

६ महिनामा वस्तु निर्यात ३१.८% वृद्धि, व्यापार घाटा ७२३ अर्ब नाघ्यो

आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा नेपालका कुल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भएर ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार भारततर्फको निर्यात ४६.१%, चीनतर्फको १९.७%, तथा अन्य मुलुकतर्फ १% ले वृद्धि भएको छ।

बढी निर्यात भएका वस्तुहरूमा सोयाबिन तेल, चिया, पोलिस्टर यार्न, पार्टिकल बोर्ड, अलैंची लगायतका वस्तुहरू छन्। यस्तै, पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक, जडीबुटी लगायतको निर्यात घटेको छ।

६ महिनामा कुल वस्तु आयात ७१% ले वृद्धि भई ८२२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। भारतबाट ५.९%, चीनबाट ८.९%, तथा अन्य मुलुकबाट ९०% ले आयात वृद्धि भएको छ। मुख्य रूपमा कच्चा भटमास तेल, चामल, सवारी साधन, स्पेयर पार्ट्स, स्पन्ज आइरन, खाने तेल जस्ता वस्तुको आयात बढेको देखिएको छ।

व्यापार घाटा ४.४% वृद्धि भई ७२३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। निर्यात-आयात अनुपात १२% पुगेको छ, जुन अघिल्लो वर्ष ९.८% मात्र थियो। भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब ५६ करोड बराबरको आयात भएको छ।

६ महिनामा नेपाल सरकारको खर्च ६६७ अर्ब, राजस्व ५५९ अर्ब

पुस मसान्तसम्म नेपाल सरकारको कुल खर्च ६६७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ भने राजस्व परिचालन ५५९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।

शोधनान्तर स्थिति २४९ अर्ब २६ करोड बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति १६ अर्ब ८४ करोड अमेरिकी डलर पुगेको छ। विस्तृत मुद्राप्रदाय ३.९ प्रतिशतले वृद्धि भएको छ भने बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन ३.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.२ प्रतिशतले बढेको छ।

वार्षिक बिन्दुगत आधारमा निक्षेप वृद्धिदर ९.९ प्रतिशत र निजी क्षेत्रको कर्जा प्रवाह ७.० प्रतिशत रहेको छ। राष्ट्र बैंकका अनुसार वित्तीय स्थायित्व कायम भए पनि राजस्व संकलनमा चुनौती कायमै छ।

https://www.nrb.org.np/contents/uploads/2025/02/Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Six-Months-data-of-2081.82.pdf

Related News