·

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तरलता उठाउने

Author

Nepse trading

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तरलता उठाउने

नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। निक्षेप संकलन बोलकबोलमार्फत केन्द्रीय बैंकले बैंकहरूसँग उक्त रकमको प्रस्ताव माग गरेको हो। यो तरलता २१ दिनका लागि उठाइनेछ भने ब्याजदर बोलकबोलबाट निर्धारण हुने जनाइएको छ।

लगानीका लागि आइतबार दिउँसो ३ बजेसम्म अनलाइन आवेदन पेश गर्न सकिनेछ। बैंकिङ प्रणालीमा अधिक तरलता रहे पनि चालु आर्थिक वर्षको सुरुदेखि नै राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्दै आएको छ। यसले बजारमा तरलताको सन्तुलन कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Related News