·

नेपाली उद्योगलाई विदेशमा लगानी गर्न अनुमति, कुल निर्यातको २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था

Author

NEPSE trading

नेपाली उद्योगलाई विदेशमा लगानी गर्न अनुमति, कुल निर्यातको २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था

सरकारले नेपाली उद्योग र निर्यातकर्तालाई विदेशमा लगानी गर्न दिने व्यवस्था गर्ने घोषणा गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अबदेखि नेपाली निर्यातकर्ताले कुल निर्यातको २५ प्रतिशतसम्म रकम विदेशमा लगानी गर्न पाउने जानकारी दिएका हुन्।

उनका अनुसार, “नेपालबाट अर्धप्रशोधित वा अन्य वस्तुहरू निर्यात गरी विदेशमा प्रशोधन उद्योग स्थापना गर्न अनुमति दिइनेछ।

यस योजनाअनुसार, विदेशमा गरिने लगानीको स्वीकृति लगानी बोर्डले दिनेछ। साथै, विदेशमा लगानीबाट आर्जन हुने मुनाफाको कम्तीमा ५० प्रतिशत नेपाल भित्र्याउनुपर्ने व्यवस्था गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पारे।

सरकारको यो निर्णयले नेपाली उद्योगको अन्तर्राष्ट्रियकरण, निर्यात प्रवर्द्धनऔद्योगिक क्षमता विस्तारमा टेवा पुर्‍याउने विश्वास गरिएको छ।

Related News