·

वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू

Author

NEPSE trading

वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू

आजदेखि वाणिज्य बैंकहरुमा नयाँ ब्याजदर लागू भएको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाएका छन्, ५ वटाको ब्याजदर स्थिर राखिएको छ भने २ वटा बैंकले ब्याजदर बढाएका छन्। असारमा बैंकहरुले व्यक्तिगत मुद्धतीमा दिएको औसत ब्याजदर ६.९१ प्रतिशत थियो, जुन साउनमा घटेर ६.७३ प्रतिशत कायम भएको छ।

बैंकहरूको ब्याजदर विवरण

  • कृषि विकास बैंक: ६.२९%

  • एभरेस्ट बैंक: ६.३%

  • राष्ट्रिय बाणिज्य बैंक: ६.२१%

  • नेपाल एसबीआई बैंक: ६.३%

  • लक्ष्मी सनराइज बैंक: ६.५%

  • ग्लोबल आईएमई: ६.२५%

  • कुमारी बैंक: ६.७१%

  • प्राइम बैंक: ६.५%

  • नेपाल बैंक: ६.२५%

  • सानिमा बैंक: ६.४%

  • सिटिजन्स बैंक: ६.७५%

  • नबिल बैंक: ७%

  • इन्भेस्टमेन्ट मेगा बैंक: ७%

  • सिद्धार्थ बैंक: ६.७५%

  • स्टान्डर्ड चार्टर्ड बैंक: ७%

  • माछापुच्छ्रे बैंक: ७%

  • प्रभु बैंक: ७%

  • एनएमबि बैंक: ७.५३%

  • एनआईसी एशिया बैंक: ७.५३%

  • हिमालय बैंक: ७.५%

विभिन्न बैंकहरूले ब्याजदरमा परिवर्तन गर्दा सर्वसाधारण र व्यवसायिक संस्थाहरूले आफ्नो आर्थिक योजनामा परिवर्तन गर्नुपर्ने हुन सक्छ। ब्याजदरको परिवर्तनले लगानीकर्ताहरूको रुचि र बचतकर्ताहरूको लाभमा पनि प्रभाव पार्न सक्छ।

Related News