·

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन

Author

NEPSE trading

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड बजेट विनियोजन

सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो मन्त्रालयका कार्यक्रमहरू कार्यान्वयन गर्नका लागि उक्त रकम छुट्याइएको जानकारी दिएका हुन्।

बजेटले पर्यटन पूर्वाधार विकास, सांस्कृतिक सम्पदाको संरक्षण, आन्तरिक तथा बाह्य पर्यटक आकर्षण, र हवाई सेवाको सुधार लगायतका क्षेत्रलाई प्राथमिकता दिने उल्लेख गरिएको छ।

सरकारले पोस्ट-कोभिड पर्यटन पुनरुत्थान, अन्तर्राष्ट्रिय उडान विस्तार, तथा पर्यटकमैत्री वातावरण निर्माण गर्न विशेष कार्यक्रम अघि बढाउने जनाएको छ।

Related News