·

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन

Author

NEPSE trading

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन

काठमाडौं, जेठ १५ – सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने क्रममा उक्त मन्त्रालयको बजेट सार्वजनिक गरेका हुन्।

हाल अर्थमन्त्री पौडेलले संसदमा बजेट पढेर सुनाइरहेका छन्। कृषि तथा पशुपन्छी क्षेत्रमा आवद्ध किसान तथा व्यवसायीका लागि उत्पादनमुखी योजना, खाद्य सुरक्षाको प्रवर्द्धन, र पशुपालन व्यवसायलाई आधुनिक बनाउने लक्ष्यसहित बजेट विनियोजन गरिएको उल्लेख गरिएको छ।

सरकारले आत्मनिर्भर कृषि प्रणाली र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि आगामी वर्ष विशेष कार्यक्रमहरू सञ्चालन गर्ने संकेत बजेट वक्तव्यमा गरिएको छ।

Related News