सानिमा बैंकमा पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृत नियुक्त
Author
NEPSE TRADING

सानिमा बैंक लिमिटेडले पवन कुमार आचार्यलाई प्रमुख कार्यकारी अधिकृत (CEO) पदमा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको मिति २०७९ साल कार्तिक २४ गते सोमबार अपराह्न ४:३० बजे बसेको बैठकले आचार्यलाई माघ १२ गतेदेखि लागू हुने गरी चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो।
यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते समाप्त हुने भएकोले नयाँ CEO नियुक्त गरिएको सानिमा बैंकले जनाएको छ। आचार्य यसअघि बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत (Deputy CEO) को रूपमा कार्यरत थिए।
कम्पनी सचिव रुद्र प्रसाद बन्जराले जारी गरेको सूचनामा सो निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय र सानिमा क्यापिटल लिमिटेडलाई पठाइएको उल्लेख छ।
सानिमा बैंक हाल नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको अनुमति प्राप्त वाणिज्य बैंक हो।



