राप्ती हाइड्रोको १:१ हकप्रद शेयर असार १ गतेदेखि खुला
Author
Nepse trading

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ गतेदेखि १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्दैछ। कम्पनीले प्रतिशेयर १०० रुपैयाँ दरमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो।
हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम म्याद असार २२ गतेसम्म तय गरिएको छ। कम्पनीको बुकक्लोज मिति जेठ ६ गते रहेकाले, जेठ ५ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन्।
इक्रा नेपालले कम्पनीलाई ‘इक्रा बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ, जसले वित्तीय जोखिम उच्च रहेको जनाउँछ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने आवेदन सि-आस्बा सेवामार्फत वा मेरो सेयरबाट अनलाइन गर्न सकिनेछ। हकप्रदपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब २२ करोड रुपैयाँभन्दा बढी पुग्नेछ।