सानिमा बैंक र दराजबीच ‘११:११ योजना’ का लागि सहकार्य, ग्राहकलाई विशेष छुट
Author
NEPSE TRADING

काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई विशेष छुट प्रदान गर्नका लागि दराजसँग ११:११ योजना अन्तर्गत सहकार्य गरेको छ।
यस योजनाअनुसार, कात्तिक २५ देखि मंसिर ५ गतेसम्म दराजबाट सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत अग्रिम भुक्तानी गर्ने ग्राहकले विशेष छुट पाउनेछन्।
बैंकका अनुसार, डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम १,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले २० प्रतिशत वा अधिकतम २,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्।
ग्राहकहरूले छुट पाउनका लागि दराज पोर्टलमार्फत सानिमा बैंकको भौचर संकलन गर्नुपर्ने र छुट ‘पहिलोलाई प्राथमिकता’ (First Come, First Serve) आधारमा उपलब्ध हुने बैंकले जनाएको छ।
सानिमा बैंकले यसअघि पनि विभिन्न छुट, क्याशब्याक र अफरमार्फत डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै आएको छ। बैंकले हाल देशभर १३४ शाखा र १२७ एटिएममार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।



