·

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ८औँ वार्षिक साधारणसभा

Author

Nepse trading

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ८औँ वार्षिक साधारणसभा

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र ८ गते ८औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा अनमोल बैंक्वेट, शंखमुलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले साधारणसभा प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज गर्नेछ। सभामा शेयरधनीहरूलाई १.२४८९% बोनस सेयर र कर प्रयोजनसहित ८% नगद लाभांश गरी कुल ९.२४८९% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ। साथै, आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र NFRS प्रणालीअनुसारको वित्तीय विवरण पारित गरिनेछ।

सभामा कम्पनीको अधिकृत पूँजी ५ अर्ब २ करोड कायम गर्ने, बोनस सेयर वितरणपछि चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख २४ हजार पुर्‍याउने, रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा परिवर्तन गर्ने र संस्थागत सामाजिक उत्तरदायित्व खर्च अनुमोदन गर्ने प्रस्ताव छन्। लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण र नियमनकारी निकायको निर्देशनअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि समावेश छन्।

Related News