आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार नीति तर्जुमा गर्न धितोपत्र बोर्डद्वारा सरोकारवालासँग सुझाव संकलन
Author
NEPSE TRADING

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ को धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमाका लागि सरोकारवाला पक्षहरूसँग छलफल तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा बोर्ड अध्यक्ष श्री सन्तोष नारायण श्रेष्ठले पुँजी बजारलाई साझा प्रणाली भन्दै यसको समृद्धि, स्थायित्व तथा विश्वसनीयताका लागि नियामक निकाय, लगानीकर्ता, बजार सहभागी र सूचीकृत संस्थाहरूको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा नेप्से, सिडिएस, धितोपत्र व्यवसायी, लगानीकर्ता संघ, आर्थिक पत्रकार संघ तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिबाट विभिन्न सुझावहरू प्राप्त भएका थिए। यी सुझावहरूको समावेशसँगै बोर्डले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम तयार गर्ने जनाएको छ।