सरकारलाई शेयर बजारका नियामकले बुझाए सुधारका उपाय सहितको प्रतिवेदन, के भने अर्थमन्त्रीले
Author
Dipesh Ghimire
शेयर बजारका तीन मुख्य नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडले पूँजी बजार सुधारका लागि सरकारले मागेका सुझावहरु बुझाएका छन् ।
फागुन २७ गते अर्थमन्त्रालयले ती निकायलाई सुझाव पेस गर्ने माग निर्देशन नै दिएको थियो । सम्बन्धित कार्यालयहरुको सुझाव आइपुगेको अर्थमन्त्रालयले जानकारी गराएको छ । यता, अर्थमन्त्री वर्षमान पुनले विगतमा अर्थतन्त्र संकटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउने गरी मन्त्रालय र नियामक निकायबीच छलफल चलिरहेको बताएका छन् ।
नगरिक लगानीकोषको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले तत्कालै पूँजी बजार सुधारका कदम चालिने आश्वासन दिए । पुन अर्थमन्त्रीमा नियुक्त हुनासाथै पुँजी बजारका समस्याहरु समाधान गरेर लगानीकर्ताहरुको मनोबल उकास्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।