·

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन आजदेखि बन्द

Author

NEPSE TRADING

शिवश्री हाइड्रोपावरको हकप्रद शेयर निष्कासन आजदेखि बन्द

काठमाडौं — शिवश्री हाइड्रोपावर लिमिटेड (SSHL) ले आफ्नो हकप्रद शेयर निष्कासन आज (असोज २३ गते) देखि बन्द गर्दैछ। कम्पनीले भदौ १९ गतेबाट सुरु गरेको हकप्रद शेयर निष्कासन असोज ८ गते बन्द गर्ने तय गरेको थियो तर पछिल्लो सूचना अनुसार यो अवधि विस्तार भई आज अन्तिम गरिएको हो।

कम्पनीले आफ्ना हालका शेयरधनीहरूलाई १:१ अनुपातमा कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गर्दैछ, जसको कुल मूल्य करिब १ अर्ब ४७ करोड रुपैयाँ (Rs. 1.47 Arba) बराबर हुन्छ।

शिवश्री हाइड्रोपावरको हालको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पूँजी बढेर २ अर्ब ९५ करोड रुपैयाँ (Rs. 2.95 Arba) पुग्नेछ।

केन्द्रीय निक्षेप तथा क्लियारीङ्ग लिमिटेड (CDSC) का अनुसार, हालसम्म २२ हजार ९९६ जना आवेदकले कुल ९५ लाख ६६ हजार ७१८ कित्ता हकप्रद शेयरका लागि आवेदन दिएका छन्, जसको मूल्य करिब ९५ करोड ६६ लाख रुपैयाँ बराबर हुन्छ।

कम्पनीको हकप्रद निष्कासनका लागि सिटिजेन्स क्यापिटल लिमिटेड लाई इश्यु म्यानेजर नियुक्त गरिएको छ।

उक्त हकप्रद शेयरको बुक क्लोज मिति साउन १६ गते, २०८२ तोकिएको थियो। त्यसअघि नाम दर्ता गराएका शेयरधनीहरूले मात्र यो हकप्रद शेयरमा आवेदन दिन पाएका थिए।

Related News