सुनको मूल्यमा गिरावट, चाँदीको मूल्य यथावत
Author
NEPSE trading

नेपाली बजारमा आज सुनको मूल्यमा सात सय रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ।
हिजो मात्रै सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो भने त्यसअघिको शुक्रबार १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च विन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो।
यसैबीच, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आज पनि चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँमै कायम छ, जुन हिजोको मूल्य पनि हो।
बजार विश्लेषकहरूका अनुसार सुनको अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, माग आपूर्ति लगायतका कारणले सुनको मूल्यमा उतारचढाव भइरहेको छ। आगामी दिनमा सुनको मूल्यमा अझै चहलपहल आउने अनुमान गरिएको छ।