·

तेह्रथुम पावर कम्पनीको नाफा २२.१९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

Author

NEPSE TRADING

तेह्रथुम पावर कम्पनीको नाफा २२.१९ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार, कम्पनीले नाफाको मामिलामा सामान्य वृद्धि हासिल गरेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको ४ करोड ६० लाख रुपैयाँ खुद नाफाको तुलनामा २२.१९ प्रतिशतले बढी हो।

यद्यपि, कम्पनीको विद्युत बिक्री आम्दानी ०.५० प्रतिशतले घटेर ८ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कुल नाफा ०.८२ प्रतिशत र सञ्चालन मुनाफा १.१४ प्रतिशत घटेको विवरणमा उल्लेख छ। तर, कम्पनीको वित्तीय खर्च ५४.५८ प्रतिशतले घटेकाले खुद नाफामा वृद्धि देखिएको हो।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी (EPS) भने घटेको छ। समीक्षा अवधिमा EPS १७ रुपैयाँ ९१ पैसाले घटेर २८ रुपैयाँ १२ पैसामा पुगेको छ। यस कमीको कारण कम्पनीको चुक्ता पूँजी वृद्धिदर खुद नाफाको तुलनामा बढी हुनु रहेको बताइएको छ।

पहिलो त्रैमासको अन्त्यसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ६१ पैसा र मूल्य आम्दानी अनुपात (P/E ratio) ९.९९ गुणा रहेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ३१ लाख रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख गरिएको छ।

Related News