·

सान्भि इनर्जी लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन, लगानीकर्ताहरूका लागि अन्तिम मौका!

Author

NEPSE trading

सान्भि इनर्जी लिमिटेडको आईपीओ आवेदन दिने आज अन्तिम दिन, लगानीकर्ताहरूका लागि अन्तिम मौका!

सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि ल्याएको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) मा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो। इच्छुक लगानीकर्ताहरूले कार्यालय समयभित्र आफ्नो आवेदन पेश गर्नुपर्नेछ।

कम्पनीले जेठ ९ गते शुक्रबारदेखि प्रतिकित्ता रू. १०० को दरले जम्मा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गरेको हो। यो शेयर आम सर्वसाधारणका लागि खुल्ला गरिएको हो।

यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ८ लाख ८० हजार कित्ता, र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख ९१ हजार कित्ता शेयर जारी गरिसकेको छ। यस अनुसार कम्पनीको जारी पूँजीमा १० प्रतिशतको आईपीओ क्रमशः चरणबद्ध ढंगले निष्काशन गरिँदै आएको छ।

  • लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

  • आवेदन सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था वा मेरो सेयर पोर्टल मार्फत दिन सकिन्छ।

केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई CARE-NP BB+ (Issuer Rating) प्रदान गरेको छ।
यो रेटिङले कम्पनीको दायित्व वहन गर्ने क्षमता "औसत जोखिम" मा रहेको जनाउँछ।
यो रेटिङ २०८१ पुस ११ गते जारी गरिएको थियो र २०८२ फागुन १५ गतेसम्म मान्य हुनेछ।

Related News