हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Author
NEPSE trading

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अर्थात् जेठ २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले भोलि जेठ २८ गते साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि एक दिन बुक क्लोज गर्ने भएकोले आजसम्म नेप्सेमा शेयर खरिद गरी नाम दर्ता भएका शेयरधनीहरू लाभांशका लागि योग्य हुनेछन्।
कम्पनीले असार १० गते आम्रपाली ब्याङ्क्वेट, नक्सालमा बिहान १०:३० बजे वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ। उक्त सभामा हाल कायम रहेको चुक्ता पुँजी ९ अर्ब १४ करोड ३२ लाख ३७ हजार रुपैयाँको आधारमा ८ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव पेश गरिनेछ।
सभामा उपस्थित शेयरधनीहरूले लाभांश प्रस्तावमाथि छलफल गरी अनुमोदन गर्नेछन्। शेयरधनीहरूलाई समयमै लाभांश प्राप्त गर्न आजसम्म शेयर खरिद गर्ने सन्देश कम्पनीले दिएको छ।