भोलिदेखि सर्वसाधारणका लागि ट्रेड टावरको ३३ करोड बराबरको आईपीओ खुल्दै
Author
NEPSE TRADING

ट्रेड टावर लिमिटेडले भोलि अर्थात् २०८२ जेठ १४ गतेदेखि सर्वसाधारणका लागि आफ्नो आईपीओ निष्काशन गर्दैछ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै पहिलो चरणमा आईपीओ जारी गरिसकेको थियो। अब सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँ बराबरको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सार्वजनिक निष्काशन गर्न लागिएको हो।
लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम १,००० कित्तासम्मको आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिने अन्तिम म्याद जेठ १९ गतेसम्म तोकिएको छ। तर यदि सो अवधिमा पूरै सेयरको लागि आवेदन नआएमा म्याद जेठ २८ गतेसम्म लम्ब्याइनेछ।
यस आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताहरूले सबै सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा वा मेरो सेयर (Meroshare) अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। क्रेडिट रेटिङ संस्था इक्राएनपीले कम्पनीलाई BB- रेटिङ प्रदान गरेको छ, जसले यसको वित्तीय दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।