·
उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा
Author
Nepse trading

आर्थिक सङ्कटबाट गुज्रिएको उदयपुर सिमेन्ट उद्योग पुनः सञ्चालनमा आएको छ। बक्यौता भुक्तानी, कर्मचारी संयन्त्र मिलेसँगै उत्पादन सुरु भएको हो । पहिलो दिन चार हजार बोरा सिमेन्ट र क्लिङ्कर उत्पादन गरिएको निमित्त महाप्रबन्धक महेश साहले जानकारी दिए । उद्योगसँग १२ दिनका लागि कोइला र डिजेल स्टक छ। आर्थिक अभावका कारण कोइला भुक्तानीमा समस्या आएपछि ललितपुर अदालतले ९ करोड ९२ लाख तिर्न निर्देशन दिएको छ। विगत तीन वर्षदेखि घाटामा रहेको उद्योगलाई गत चैत सरकारले १६ करोडको अनुदान दिएको थियो ।