·
युनाईटेड इदी मार्दीले साधारण सभा बोलायो, लाभांश र हकप्रद प्रस्ताव पारित गर्ने
Author
Nepse trading

युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेड (UMRH) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ४% बोनस शेयर र ०.२११% नगद लाभांश वितरण तथा १:१ अनुपातमा हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न चैत ११ गते १५ औँ वार्षिक साधारण सभा बोलाएको छ। पोखराको आभ्या क्लबमा बिहान ११ बजे हुने सभाले प्रबन्धपत्र संशोधन, सञ्चालक निर्वाचन र लेखापरीक्षक नियुक्तिको प्रस्ताव पनि पारित गर्नेछ। सभा र लाभांशका लागि फागुन २३ गते बुकक्लोज हुनेछ, जसअनुसार फागुन २२ गतेसम्म कायम शेयरधनीले सहभागिता र लाभांश पाउनेछन्।