·

युनाइटेड इदी मर्दी हाइड्रोपावरको चैत ११ गते साधारण सभा, ४% बोनस सेयर वितरण गर्ने

Author

Nepse trading

युनाइटेड इदी मर्दी हाइड्रोपावरको चैत ११ गते साधारण सभा, ४% बोनस सेयर वितरण गर्ने

युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। लाभांश प्रस्ताव पारित गर्न कम्पनीले चैत ११ गते बिहान ११ बजे पोखराको आभ्या क्लब, घारीपाटन–१७ मा साधारण सभा बोलाएको छ। सभामा १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेस गरिनेछ।

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ। हाल यसको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ। सभा प्रयोजनका लागि कम्पनीले फागुन २३ गते बुक क्लोज गर्ने भएकाले फागुन २२ गतेसम्म कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

Related News