·
के हो प्रि–ओपनिङ सेसन ? कसरी हुन्छ शेयर कारोबार ?
Author
Dipesh Ghimire
शेयर बजारमा प्रि–ओपनिङ सेसन सुरु भएको धेरै भएको छैन । सामान्यतया नेपाली शेयर बजार मापक नेप्से ११ बजे देखि तीन बजेसम्म खुल्ने गरेको हुन्छ ।
तर, नेप्सेको मूख्य कारोबार खुल्नु अघि नै १५ मिनेटको लागी विहान १०ः३० देखि १०:४५ सम्म बजार खुल्नु नै प्रि–ओपनिङ सेसन हो । विशेषगरी यो समयमा स्टकको मूल्य २ प्रतिशत भन्दा बढी र घटी हुदैन् ।
११ बजे मार्केट ओपन हुदा त्यहि प्रि–ओपनिङ सेसनमा कारोबार क्लोज भएकै मूल्यबाट खरिद विक्री सुरु हुन्छ । यो सेसनमा लगानीकर्ताले दिएको खरिद र बिक्री आदेश अनुसार उक्त दिनको कारोबारमा ओपनीङ मूल्य निर्धारण हुने नेप्सेले बताएको छ ।।