·

कुन मन्त्रीको कति सम्पत्ति छ ? शेयरमा पनि लगानी

Author

NEPSE trading

कुन मन्त्रीको  कति सम्पत्ति छ ? शेयरमा पनि लगानी

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ मौज्दात, भरतपुर महानगरपालिकामा १४ कठ्ठा पार्किङको जग्गासहित घर, स्वर्गीय पत्नीको नाममा १ कठ्ठा जमिन, र ५ तोला सुन रहेको छ। गृहमन्त्री रवि लामिछानेसँग नेपाल बैंकमा १ लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ, भक्तपुरमा १ रोपनी १ आना जग्गा, पत्नी निकिताको नाममा बुढानिलकण्ठमा ५ आना जग्गामा ३.७५ करोड रुपैयाँको घर, ८० तोला सुन, १५-२० केजी चाँदी, र ४२ लाख रुपैयाँको टाटा नेक्सन कार छ। अर्थमन्त्री वर्षमान पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार रुपैयाँ, रोल्पामा ८२० वर्गमिटर पैतृक सम्पत्ति र एक हलुका सवारीसाधन छ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग १ लाख २२ हजार रुपैयाँ बैंकमा, गोरखामा ३ कित्ता जग्गा, र महिन्द्रा गाडी छ। भौतिक पूर्वाधार मन्त्री रघुबीर महासेठको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गा, ललितपुरमा २ रोपनी १३ आना जग्गा, २ करोड २५ लाख रुपैयाँ नगद, ४३ तोला सुन, १.५ किलो चाँदी, र पत्नीको नाममा ३ करोड ५५ लाख रुपैयाँको सेयर छ।

श्रम, रोजगार मन्त्री डीपी अर्यालसँग १२ स्थानमा ५ करोड २८ लाख रुपैयाँबराबरको जग्गा, १५० तोला सुन, १०० तोला चाँदी, १० तोला हिरा, २ करोड १८ लाख रुपैयाँ नगद, र विभिन्न कम्पनीहरूको स्वामित्व छ। शिक्षा मन्त्री सुमना श्रेष्ठसँग बैंक खातामा १ करोड ५० लाख रुपैयाँ, काभ्रेमा ८ रोपनी ६ आना जग्गा, ११ तोला सुन, १ सय तोला चाँदी, हिराको सेट, स्कुटर, र विद्युतीय गाडी छ।

पर्यटन मन्त्री हितबहादुर तामाङसँग बैंकमा ७ लाख ५० हजार रुपैयाँ, १३ लाख नगद, नुवाकोटमा १२ रोपनी ८ आना जग्गा, ६ तोला सुन, र ७-८ तोला चाँदी छ। कृषि मन्त्री ज्वालाकुमारी साहको बारामा पुर्ख्यौली जग्गा, ५० कठ्ठा पैतृक सम्पत्ति, १० तोला सुन, २५ तोला चाँदी, बैंक खातामा ३० हजार रुपैयाँ, र ४ कठ्ठामा बनेको अढाई तल्लाको घर छ। सञ्चार मन्त्री रेखा शर्माको नाममा कीर्तिपुरमा साढे दुइ तले घर, ६ तोला सुन, २ तोला चाँदी, बैंकमा १ लाख ५० हजार रुपैयाँ, र ३६ लाख बराबरको हुन्डाई कार छ।

Related News