·

दोस्रो त्रैमासमा वित्त कम्पनीहरूको मजबुत पुनरुत्थान, घाटाबाट नाफातर्फ फर्कियो क्षेत्र

Author

NEPSE TRADING

दोस्रो त्रैमासमा वित्त कम्पनीहरूको मजबुत पुनरुत्थान, घाटाबाट नाफातर्फ फर्कियो क्षेत्र

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालका वित्त कम्पनीहरूको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुध्रिएको देखिएको छ। गत वर्ष दोस्रो त्रैमासमा नेप्सेमा सूचीकृत १५ वित्त कम्पनीहरूको संयुक्त खुद नतिजा ७३ करोड २ लाख रुपैयाँले ऋणात्मक रहेकोमा चालु आवको सोही अवधिमा ३२ करोड ७७ लाख रुपैयाँले सकारात्मक बनेको छ। गत वर्ष ६ वटा वित्त कम्पनी घाटामा रहेकामा यो वर्ष त्यो संख्या घटेर ३ वटामा सीमित भएको छ। १५ मध्ये मञ्जुश्री फाइनान्स ले सबैभन्दा धेरै १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने गुडविल फाइनान्स (११ करोड १७ लाख), गोर्खाज फाइनान्स (६ करोड १६ लाख), सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्स, पोखरा फाइनान्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सश्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स पनि नाफामा छन्। यस अवधिमा १० वटा वित्त कम्पनीको नाफा १४ प्रतिशतदेखि २,४७२ प्रतिशतसम्म बढेको छ, जसमा गोर्खाज फाइनान्सको वृद्धिदर सबैभन्दा उच्च देखिएको छ भने नेपाल फाइनान्स को नाफा सबैभन्दा धेरै घटेको छ। प्रति शेयर आम्दानीतर्फ गुडविल र मञ्जुश्री फाइनान्सको EPS २० रुपैयाँभन्दा माथि रहेको छ, गोर्खाज फाइनान्सको १४.२१ रुपैयाँ पुगेको छ, जबकि जानकी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र नेपाल फाइनान्सको EPS ऋणात्मक रहेको छ।

Related News