·

सुनचाँदीको भाउमा वृद्धि, सुन तोलाको १० हजार ४०० रुपैयाँले महँगियो

Author

NEPSE TRADING

सुनचाँदीको भाउमा वृद्धि, सुन तोलाको १० हजार ४०० रुपैयाँले महँगियो

काठमाडौं — आज बुधबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाको १० हजार ४०० रुपैयाँले वृद्धि भएको हो।

यससँगै आज एक तोला सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको मूल्य २ लाख ८४ हजार ७०० रुपैयाँ थियो।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ५ हजार ९२० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको उतारचढाव र विश्व आर्थिक अनिश्चितताका कारण पछिल्लो समय सुनचाँदीको भाउमा चाप परेको व्यवसायीहरूको भनाइ छ।

Related News