सुन र चाँदीको मूल्यमा एकै दिन भारी गिरावट
Author
NEPSE TRADING

माघ १६ गते शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा एकै दिन भारी गिरावट देखिएको छ। लगातार छ दिनसम्म नयाँ–नयाँ रेकर्ड बनाउँदै बढिरहेको सुनको मूल्य यस दिन प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिन बिहीबार प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो। सो मूल्य हालसम्मकै उच्च रहेको थियो। त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४४० रुपैयाँले घट्दै प्रतितोला ७ हजार ६५ रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो, जुन चाँदीको ऐतिहासिक उच्च मूल्य थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र नाफा बुकिङको प्रभावका कारण मूल्यमा यस्तो गिरावट आएको व्यवसायीहरूको भनाइ छ।



