नेपालको बजारमा माघ १२ गते सुन र चाँदीले नयाँ रेकर्ड बनायो
Author
NEPSE TRADING

सोमबार, माघ १२ गते, नेपाली बजारमा सुन र चाँदीको मूल्यले पुनः ऐतिहासिक उचाई बनाएको छ। पछिल्ला तीन दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर नयाँ रेकर्ड बनाउदै बढ्दै गएको छ। यस दिन सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २८५ रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँ थियो। सो मूल्य रेकर्डलाई ब्रेक गर्दै यस दिन सुनको मूल्यले नयाँ उचाई बनाएको हो। त्यस्तै, चाँदीको मूल्य पनि २८५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ, जुन आईतबारको मूल्य ६ हजार ४८० रुपैयाँलाई ब्रेक गर्दै नयाँ उचाई बनाएको हो।



