·

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Author

NEPSE TRADING

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (पुस २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले १ अर्ब १८ करोड ५० लाख रुपैयाँको पूँजीको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये, ११ लाख ८५ हजार कित्ता साधारण शेयर स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएका छन्। गोरखा जिल्लाका अजिरकोट गाउँपालिका र लमजुङ्ग जिल्लाका विभिन्न वडाका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। आवेदनको न्यूनतम १० कित्ताका लागि र अधिकतम ५० हजार कित्ताका लागि आवेदन गर्न सकिने छ। आईपीओमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। कम्पनीले सञ्चालन गरेको सुपर चेपे जलविद्युत आयोजनाको लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। आईपीओ आवेदनको लागि प्रभु क्यापिटल लिमिटेड र अन्य शाखा कार्यालयबाट आवेदन गर्न सकिन्छ।

Related News